लिभरपुललाई पछ्याउँदै सिटी



इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुल माथि दबाब बढाइरहेको छ। प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले रेलिगेसन जोनमा रहेको हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी पुन ४ अंकमा झारेको हो।

सिटीको २३ खेलबाट ५६ अंक पुर्‍याएको छ। यसक्रममा सिटीले १८ जित, २ बराबरी र ३ हारको नतिजा निकालेको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको समान २३ खेलबाट ६० अंक रहेको छ। लिभरपुलले १९ खेलमा जित हात पार्दा ३ बराबरी र १ खेलमा हार बेहोरेको छ। हडर्सफिल्डको घरेलु मैदानमा सिटीलाइ जिताउन ड्यानिलो, रहिम स्ट्रलिङ र लिरोए सानेले गोल गरे। सिटीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गर्दै प्रभासालि प्रदर्शनलाई निरन्तरता दियो।

१८औं मिनेटमा काइल वाल्करको पासमा ड्यानिलोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ५४औं मिनेटमा लिरोए सानेको क्रसलाई रहिम स्ट्रलिङले डाइभिङ हेडमार्पmत सिटीको अग्रता दोब्बर पारेका थिए। त्यसको दुई मिनेट नवित्दै सानेल गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए। सिटीसँगको हारपछि हडर्सफिल्ड ११ अंक जोडेर रेलिगेसन जोनको पुछारमा कायम छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्