सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा



काठमाडौं । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।

 

आजको नागरिक दैनिकमा खबर छ – कैलाली क्षेत्र नं। १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी राजपा सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो ।

स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्