राष्ट्रियसभा बैठक कांग्रेसद्वारा अवरुद्ध



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध जनाएको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ(आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् । अहिले बैठक आधा घण्टाका लागि स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्