पतिले राखे बच्चाको यस्तो नाम, पत्नीले मागिन् सम्बन्धविच्छेद



काठमाडौं । एउटा बच्चा जन्मिने विषयमा आमाबाबु कति धेरै उत्साहित हुने गर्छन् । केहीले जन्मिनुभन्दा पहिला नै आफ्नो आगामी सन्तानको नामाकरण पनि गर्छन् । यद्यपि एक दम्पत्तीलाई भने यस किसिमको उत्साहले सम्बन्धविच्छेद नित्याएको छ ।

केही समयअघि मात्र यस्तो समाचार आएको हो । ७ महिनादेखि गर्भवती २३ वर्षीया महिला र उनका पतिको बीचमा यो समस्या देखिएको हो । उक्त दम्पत्तीको बीचमा पहिलो बच्चाको नामाकरणको विषयमा विवाद निस्किएको थियो ।

 

पतिले बच्चाको नाम आफ्नो मनपर्ने राख्नका लागि ढिपी गरेका थिए धेरै ढिपी गरेपछि अन्त्यमा पत्नीले पतिलाई नाम राख्ने दिने निर्णय गरेकी थिइन् तर, पतिले आफ्नी पूर्व प्रेमिकासँग मिल्ने नाम राखेका थिए । उनले आफू सबैभन्दा बढी माया आफ्नी पूर्वप्रेमिकालाई गर्ने गरेको बताउँदै आएका छन् ।

यस विषयमा उनीहरुको कुरा नमिलेसँगै उनीहरुको कुरा सम्बन्ध विच्छेदसम्म पुगेको छ । पतिले पूर्वप्रेमिकाको नाममा नै बच्चाको नाम राख्ने अडान कसेका छन् ।

महिलाले आफ्नो सम्पूर्ण कहानी बताउँदै सामाजिक सञ्जालमा सुझाव मागेकी छिन् । धेरै मानिसहरुले उनलाई विभिन्न सुझाव दिएका छन् । धेरैले उनलाई पतिसँग मिल्न पनि सुझाव दिएका छन् भने केही आफ्नो मिल्दो जुल्दो कहानी सुनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्