फुटवलमा  वडा नं. १४ बिजयी



दाङ । घोराहीमा जारी दोस्रो घोराही मेयर कप रनिङ फुटवलमा वडा नंं ५ लाई पछिपार्दै घोराही उपमहानगरपालिका वडा नं. १४ बिजयी भएको छ । सोमबार बिहान भरतपुर खेल मैदानमा भएको खेलमा वडा नम्बर १४ ले वडा नम्बर ५ लाई १ को विरुद्ध २ गोलले बिजयी भएको हो । वडा नं.१४ का तर्फबाट सुर्वण बुढा र सागर चौधरीले एक/एक गोल गरेको थिए । यस्तै वडा नं. ५ का तर्फबाट पुर्ण नेपालीले एक गोल गरेको थिए ।

बुढाले खेलको पहिलो चरणमै पेलान्टी मार्फत एक गोल गरेका थिए भने सागर चौधरीले दोश्रो चरणको मध्यमाग तिर गोल गरेको आयोजकले जानकारी दिएको छ । वडा नं. ५ का अविनास थापाले दोश्रो चरणको पहिलो समयमै गरेका थिए । उक्त खेलमा म्यान अफ ड म्याच वडा नम्बर ५ का जर्सि नम्बर १५ का अबिनास थापा भएका थिए । थापाले एक्सटेप ब्राण्डबाटका तर्फबाट एक थान टिसट पुरस्कार प्राप्त प्राप्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्