ओमप्रकाश गुप्ता,
मसुरीया । राप्ती गाउँपालिकाले विद्यालय तथा विद्यार्थीको शैक्षिक गुणस्तर विकासका लागि सामुदायिक विद्यालयका शिक्षकहरुको दरवन्दीी मिलान गर्ने निर्णय गरेको छ ।
सोमवार गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १४ औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपुर्ण विषयमा छलफल गरि निर्णय गरिएको हो ।
गाउँपालिकाको निर्णय अनुसार विगतमा राप्ती गाउँपालिका गाउँ शिक्षा समितिले तय गरिएका मापडण्डको आधारमा शिक्षक दरवन्दी मिलान गर्ने निर्णय गरिएको छ ।
शिक्षक मिलानको क्रममा गाउँपालिकाबाट अनुदान प्राप्त नियुक्त शिक्षक, राहत शिक्षक, अस्थायी शिक्षक, स्थायी शिक्षकका आधारमा मिलान गरिने र उल्लेखीत क्रममा पनि नियुक्तिको आधारमा कनिष्ट अनुसार मिलान गरिने निर्णय भएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
बैठकले राप्तीमा कुप्रथाको अन्त्यका लागि सचेतनात्मक तथा जनचेतनात्मक कार्यक्रम संञ्चालन गर्ने समेत निर्णय गरिएको छ । परिक्षा संञ्चालन कोषको स्थापना गर्ने, बैठकमा बाल विवाह, बहुविवाह, लागुपदार्थ दुब्र्यसनी, छुवाछुत लगाएतका कुप्रथाको अन्त्यका लागि सचेतनात्मक तथा जनचेतनात्मक कार्यक्रम संञ्चालन गर्ने , तुल्सीपुर उपमहानगरपालीकाको आयोजनामा हुने फुटवल प्रतियोगीतामा यस गाउँपालिकाको तर्फवाट प्रतियोगी टोली पठाउने निर्णय गरेको प्रवक्त चौधरीले जानकारी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।