दाङ उवासंघमा प्रजातान्त्रिक प्यानलको समिक्षात्मक छलफल



सैघाली खबर

घोराही, २८ साउन
साउन ३१ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा प्रजातान्त्रिक उद्यमी संघले प्रजातान्त्रिक प्यानलले विजयी हासिल गर्ने विश्वास व्यक्त गरेको छ । प्रजातान्त्रिक उद्यमी संघको आज शनिवार भएको समिक्षात्मक छलफलमा सहभागी संघका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी एवं पदाधिकारी तथा व्यवसायीहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् । संघका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको छलफलमा बोल्दै संस्थापक अध्यक्ष हुमकान्त अधिकारीले दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागि साउन ३१ गने हुने निर्वाचनमा संघको तर्फबाट चुनावी मैदानमा रहेका उमेद्वारहरु व्यवसायिहरुको हकहितकालागि काम गर्न सक्ने सक्षम र योग्य उमेद्वार भएकाले विजयी हासिल गर्ने दाबी गर्नुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघमा सक्षम महिलालाई अध्यक्ष बनाएर नेतृत्वमा पु¥याई ईतिहास लेख्ने मौका भएकाले व्यवसायी मतदाताहरुले यस विषयलाई आत्मसाथ गरेर साथ दिने विश्वास व्यक्त गर्नुभयो । साथै सबै व्यवसायी मतदाताहरु यस विषयमा जानकार भएकाले पनि सक्षम र सवल नेतृत्वकालागि प्रजातान्त्रिक प्यानल मतदान गरि विजयी बनाउने बाउनुभयो ।

संघका अध्यक्ष मनोज बुढाथोकीले दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा महिला अध्यक्ष सहित योग्य र सक्षम उमेद्वारहरु प्रजातान्त्रिक उद्यमी संघले चुनावी मैदानमा पठाएकाले जीत सुनिश्चीत भएको बताउनुभयो । साथै प्रजातान्त्रिक प्यानललाई विजयी बनाउन सम्पूर्ण व्यवसायी मतदाताहरुलाई अनुरोध गर्नुभयो । प्रचारप्रसार संयोजक गुरुप्रसाद कडेलले प्रचारप्रसार र घरदैलोमा कुनै कसर बाँकी नराखेर काम भईरहेको भन्दै व्यवसायीहरुको हकहित र समग्र जिल्लाको विकासकालागि भूमीका खेल्न सक्ने प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुलाई मतदान गर्न अनुरोध गर्नुभयो ।प्रजातन्त्रीक प्यानलबाट अध्यक्षमा मञ्जु बज्राचार्यसहित उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणीज्इ उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल रहनुभएको छ । यस्तै सदस्यहरुमा उाद्योग सदस्य टंकप्रसाद पोख्रेल(कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणीज्य सदस्यमा मिनराज भाट, सदस्यहरुमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल(विश्व), धनपति शर्मा र राजकुमार गुप्ता रहनुभएको छ यसैबीच प्राजान्त्रिक प्यानलले चुनावी भेटघाट कार्यलाई जारी राखेको छ । अध्यक्ष पदका उमेद्वार मञ्जु बज्राचार्यसहितको उमेद्वार टोलीले आज शनिवार घोराही बजार क्षेत्रका विभिन्न स्थानमा व्यवसायीहरुसँग घर एवं पसलमै पुगेर भेटघाट गर्दै मत मागेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्