चलचित्र ‘प्रेम दिवस’को गीत सार्वजनिक भएको छ । योगेश घिमिरे निर्देशन रहेको चलचित्रको गीतमा अभिनेता आयुष्मान जोशी र अभिनेत्री प्रियका कार्कीलाई फिचर गरिएको छ।
उक्त चलचित्रमा लगानी सन्जय न्यौपानेले गरेका छन् । चलचित्रको गीतमा स्वर अन्जु पन्तको रहेको छ भने गीत इलामको चिया बगान तथा सन्तपुरमा छायांकन गरिएको छ ।
गीतको भावले प्रेमलाई समेटेको छ । त्यस्तै चलचित्रले पनि प्रेमय कथा बोकेको पक्षले जनाएको छ । यो चलचित्र जेष्ठ ३ देखी नेपाल भरीका हलहरुमा एकैसाथ प्रर्दशन हुनेछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।