अन्र्तराष्ट्रिय युवा दिवस मनाइययो



 

दाङ, २८ साउन । दाङमा अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ । युवाको क्षेत्रमा काम गर्दै आएको जिल्लाका निकायहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जिल्लाका युवाहरुले अन्र्तराष्ट्रिय दिवस मनाएका हुन् । युवा वर्ष सम्मान तथा युवा सभा गर्दै उनिहरुले युवाहरुको अधिकार र भुमिका स्पष्ट हुनु पर्ने माग गरे युवाहरुलाई भ¥याङ मात्रै बनाउने परिपाटीको विरोध गर्दै उनिहरुले नेतृत्वमा पुग्ने बाताबरण निर्माण गर्न माग गरेका छन । विगतका घटनाहरुले युवाहरु परिवर्तनको आधार भए पनि त्यसपछि युवाहरुलाई पाखा लगाउने गरेको उनिहरुले बताएका छन । युवाहरुको शक्ति र क्षमतालाई राज्यले प्रयोग गर्न नसकेको भन्दै लाखौँ युवाहरु विदेश पुग्नु पर्ने बाध्यता नेपालको राजनितीका कारण उत्पन्न भएको उनिहरुले भनाई राखे ।शैक्षिक बेरोजगारको रुमा धेरै युवाहरु रहेको र केहि गर्न सक्ने क्षमता भएका युवाहरुले पनि केहि गर्न नसक्दा देश पछाडी परेको पनि उनिहरुले विश्लेषण गरे । युवाहरु डर लाग्ने भन्दा पनि भर लाग्ने खालको हुनु पर्ने भन्दै उनिहरुले अबको सामाजिक विकासको बलियो खम्बा नै युवाहरु भएको बताए ।

जिल्ला युवा समितिको कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला युवा सञ्जाल, यूएनएपिए, सिसा नेपाल, युथ पिस भोलिएन्टर नेटवर्क, युवा कार्य नेपाल, बागेश्वरी असलशासन क्लब, ओरेक नेपाल, बेस सस्था, सिड, मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र, हिप्डेक, हरप्लेस लगाएतका संघसस्थाहरुले कार्यक्रममा सहयोग गरेका थिए दिवसको सन्दर्भमा जिल्लामा पाँच जना युवाहरुलाई युवा वर्ष सम्मान २०१७ ले सम्मान गरीएको छ । पाँच विधामा लामो समय देखि काम गरेर समाजलाई सकारात्मक रुपले सन्देश दिने साहित्यको क्षेत्रबाट प्रबल विष्ट, खेलकुदको तर्फबाट देबेन्द्र सिंह ठकुरी, सञ्चारको क्षेत्रबाट जेएन सागर, युवा व्यवसायी तथा उद्यमीको तर्फबाट शान्ता चौधरी र समाज सेवीको तर्फबाट सविना खातुनलाई युवा वर्ष सम्मान २०१७ बाट सम्मान गरीएको थियो ।

SAMSUNG CAMERA PICTURES

जिल्ला युवा समितिको कार्यालयका अध्यक्ष सुरेशकुमार रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीले शान्ति स्थापनार्थ युवा शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने त्यसको टिप्पणी महिला तथा बालबालिका कार्यालयका प्रमख विश्वमणी जोशीले गर्नुभएको थियो ।जिल्ला युवा सञ्जालका सचिब नेत्रसागर चौधरीले स्वागत तथा विषय प्रबेश गर्नुभएको कार्यक्रममा युएनएफिएका पुर्ण विश्वकर्मा, ओरेकका कार्यक्रम संयोजक तुलसा गिरी, हिप्डेकका अध्यक्ष विकिरण गौतम, विवेकशील नेपाली दाङका अध्यक्ष शोभाराम खनाल लगाएतले बोल्नु भएको थियो । साथै शुक्रबार लमहीमा आयोजना गरीएको बकृत्व कला प्रतियोगितामा विजयी हुनेहरुलाई पनि पुरस्कार वितरण गरीएको थियो । कार्यक्रमको सहजीकरण नवीन अभिलाषीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्