पुरुषहरुले ‘इयरिङ’ लगाएको विषयमा ठूलो हगांमा



चीनको एउटा चर्चित भिडियो प्रशारण साइटले पुरुष कलाकारहरुले कानमा लगाएका इयरिङ माथि सेन्सर लगाएपछि यसले ठूलो विवाद खडा गरेको छ । अमेरिकाको नेट्फ्लिक्स जस्तै प्रशारण सेवा दिने ‘इक्वीयी’ मा टप लगायत झुम्का लगाएका अभिनेताहरुको कान ब्लर गरिएपछि यसबारे सबैतिर चर्चा भएको हो ।

 

 

यसै प्रशारणबाट लिइएको तस्बिर अहिले अनलाइनमा व्यपाक शेयर भइरहेको छ । चिनियाँ निरीक्षकहरुले सामाजिक रुपमा यसरी पुरुषहरुले इयरिङ लगाउनु अनुपयुक्त रहेको बताउँदै प्रशारकलाई त्यसो गर्न निर्देशन दिएका हुन् ।

यसअघि पनि चिनियाँ मिडियालाई ट्याटु भएका कालकारलाई टिभीमा देखाउनमाथि प्रतिबन्ध लगाइएको थियो । चिनियाँ पप कल्चरमा पश्चिमी प्रभाव कम गर्न सरकारले यस्तो नीति अपनाउने गरेको पाइन्छ । चिनियाँ पुरुषत्वको विशेषतालाई जोगाइ राख्न यस्तो गरिएको चिनियाँ अधिकारीहरुको भनाइ छ । तर चिनियाँ फ्यानहरुले भने सामाजिक संजाल वेइबो मार्फत घटनाबारे आक्रोशजनक प्रतिक्रिया दिइरहेका छन् ।

निकायले महिला र पुरुषबीच सुन्दरताको स्तर छुट्याएको आरोप लगाउँदै उनीहरुल यसलाई लैङ्गिक रुढीवादिताको नाम दिएका छन् । वास्तवमा दक्षिण कोरियामा पनि पुरुष कलाकारहरुमा एयरिङ लगाउने प्रवृत्ति प्रचलित छ । यसरी देशले जनतालाई सबैतर्फबाट नियन्त्रण गर्न खोजिरहेको प्रयोगकर्ताहरुको गुनासो छ ।

वास्तवमा चिनियाँ सेन्सर प्रणालीलाई विश्वकै सबैभन्दा कठोर मानिन्छ । यस अगाडि पनि चीनले पश्चिमी जीवनशैलीलाई बढावा दिने किसिमका टेलिभिजन कार्यक्रमहरु हटाउन लगाएको थियो । त्यसैगरी सरकारले समलिङ्गीको समर्थन गर्ने किसिमका सामग्रीहरुलाई पनि असामान्य सामाजिक व्यवहार ठहर गर्दै निषेध गर्दै आएको छ । बीबीसी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्