के करीना काँग्रेसबाट चुनाव लड्न लागेकी हुन्? यस्तो छ उनको जवाफ



एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर केही समयदेखि मध्य प्रदेशको राजनीतिकमा चर्चामा छिन।

करिनाको भूपालसँगको सम्बन्ध देखेर भोपालका कंग्रेसी नेताहरुले उनलाई भोपालबाट लोकसभा चुनाव लड्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार आएसँगै यसले बलिउडमा तरंग उत्पन्न गराएको छ ।

४० वर्षदेखि भुपालको चुनाव हारिरहेको कंग्रेसलाई करिनाले जिताउन सक्ने विषयमा कांग्रेसभित्र चर्चासमेत सुरु भएको हो। भोपाल करिनाको माइती पनि हो। त्यसैले उनी श्रीमान् सैफ अली खानसँग त्यहाँ गइरहन्छिन।

भारतीय जनता पार्टी (भाजपा)को किल्ला बनिसकेको भोपालमा करिनाको प्रवेश हुँदा किल्ला भत्काउन सकिने कंग्रेसको आँकलन छ। प्रदेशसमा राम्रो जित निकालेसँगै लोकसभामा पनि कंग्रेसले राम्रै आश गरेको छ।

भोपालमा युवा मतदाताको संख्या धेरै भएका कारण करिनाले युवालाई आकर्षित गर्न सक्ने बताइएको छ। अहिले भारतीय राजनीतिमा करिनाको उम्मेदवारीलाई लिएर चर्चा चुलिएको छ।

करिना र सैफ विदा मनाउन भोपाल जाने गरे तापनि राजनीतिक गतिविधिमा भने अहिलेसम्म सहभागी भएका छैनन्।

जया बच्चनको पनि भोपालसँग खास सम्बन्ध छ। उनी राज्यसभा र उत्तर प्रदेशमा धेरै सक्रिय छिन। भोपाल जया बच्चानको माइती पनि हो। धेरैपटक अमिताभ बच्चन र जया भोपालबाट चुनाव लड्ने चर्चासमेत भएको थियो।

यही चर्चाका बीच करीनाले भने आफु हाल फिल्ममामात्र केन्द्रित भएको बताएकी छन् । उनले चुनाव लड्ने कुनै योजना हालसम्म नभएको र त्यसका लागि कुनै पनि दलले आफुसँग सम्पर्क नगरेको बताएकी छन् ।

यद्यपी उनले दलहरुबाट त्यस्तो प्रस्ताव आएपछि के गर्छिन् भन्ने विषयमा भने बोलेकी छैनन् । यसबाट उनी मौका पाए चुनावी मैदानमा उत्रिन सक्ने अनुमान धेरैले गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्