हृदयेश त्रिपाठीले पत्रकार सम्मेलनमा उखुको किसान बारे के भने ?(भिडियो सहित)



रबिन्द्र यादब

नवलपरासी पश्चिम प्रतापपुर गाउपालिका वडा नं।(९ बेलाटारीमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले सोमबार निर्वाचन क्षेत्र १ ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहीको नेतृत्वमा उखु किसानको समस्याबारे पत्रकार सम्मेलन भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शाहीले नवलपरासी पश्चिमको गण्डक कमान्ड क्षेत्र उखुको पकड क्षेत्रले चिनिने गरिन्छ बताए , किसानलाई कहिले पनि समयमा बीउ नपाउने आफ्नो समयमा उखुको भुक्तानी नपाउने यो क्षेत्रमा सब भन्दा ठुलो समस्या रहेको छ । आठ दस वर्ष पहिला सबै राम्रो थियो तर बीचमा बिच्यौलियाहरु धेरै थपिदै गएपछि उखु मिल मालिकहरु किसानलाई छाडेर बिच्यौलियाहरुको साथ लिएर भुक्तानी दिने भएपछि वातावरण बिग्रिएको प्रदेश सभा सदस्य शाहीले बताए ।

सरकारले उखुलाई राष्ट्रिय बालीको घोषणा गरेपनि किसानले न त समयमा मल बिज न त समयमा उखुको भुक्तानी पाउने भएका छन ।
किसानले लगाएको उखु समयमै कटान हुन नसक्दा खेतमै सुक्न थालेपछि दिनहु लाखौको नोक्सानी बेहोर्नु परेको छ । प्रत्येक वर्ष मंसिर महिनाको पहिलो हप्तामा सञ्चालन हुने मिल यस वर्ष माघ महिना शुरु भइसक्दा पनि उखु मिल सञ्चालन नहुँदा खेतमै उखु सुक्न थालेको समेत जानकारी दिए ।
अहिले सरकारले रु। ५३६।५६ पैसा उखुको मुल्य निर्धारण गरेको छ । जस मध्ये रु। ४७१।२८ पैसा उद्योगपति आनि मिलले दिनुपर्ने र रु। ६५।२८ पैसा सरकारले अनुदान डिफ

को रुपमा दिने निर्णय गरेको छ । सरकारले उखु मुल्य तोके पनि चिनी मिल मालिकहरुले चिनि मुल्यमा वृद्धि भए पछि मात्रै चिनि मिल संचालन गर्ने अडानमा भएपछि कृषक झन समस्यामा परेका छन । यस्तो अवस्थामा सरकार मुख ताकेको शाहीले आरोप लगाए ।

उद्योगपतिहरुले तीन महिना पछाडि मिल चलाउने र किसानको उखु प्रति क्युन्टल रु।३५० को दरले लिने भनि बैठक गर्दै हिडेका मिल मालिकहरुले किसान माथि चरम शोषण र अन्याय गरिरहेको भन्दै शाहीको आक्रोश मिल मालिकहरु प्रति पोखेका छन् । उनले आक्रोश ब्यक्त गर्दै चिनि मिल अझै संचालन नभए ठुलो किसान आन्दोलन हुने चेतावनी दिए ।

उखु उत्पादक कृषक समिति नवलपरासीको अवधी समाप्त भएको तीन वर्ष भइसकेकोले तत्कालै तदर्थ समिति गठन गरेर उखु किसानको समस्या समाधान गरिने शाहिले जोड दिए ।

कार्यक्रममा सहभागी भएका कुडिया गाविसका पूर्व अध्यक्ष प्रेमचन्द गुप्ता, बैदौलि गाविसका पूर्व अध्यक्ष रामपृत यादव पकलिहवा गाविसका पूर्व अध्यक्ष कृष्णान्नद चौधरी, धिरज त्रिपाठी, नागेन्द्र चौधरी, महात्म बिन ,बृजमोहन यादव लगायतकाले मिल संचालन नहुदा किसानको उखु खेतमा सुकिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

नवलपरासीमा ३ वटा चिनि मिलहरु छन । जसमा इन्द्र सुगर मिलको ४ करोड ४९ लाख भन्दा बढी गत बर्षको भुक्तानी अहिलेसम्म गरेको छैन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्