एजेन्सी। क्रिकेटर हार्दिक पांड्या र केएल राहुलले महिलामाथि गरेको विवादित टिप्पणीका कारण कफी विथ करन चर्चामा छ। त्यसो त करण जोहरको यो शोको विवादसँग पुराना नाता छ। यसअघि दीपिका पादुकोण र सोनम कपुरले आफ्ना पूर्व ब्वाइफ्रेण्ड रणवीर कपुरका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए। त्यसपछि रणवीरका बुवा ऋषि कपुर निकै रिसाएका थिए।
२०१० मा कफी विथ करणको सीजन–३ मा दीपिका पादुकोण र सोनम कपुर पहुनाका रुपमा गएका थिए। शो सुरु हुनु केही दिन पहिला दीपिका र रणवीरको ब्रेकअप भएको थियो। प्यापिड फायर राउन्डका क्रममा करन जोहरले दीपिकालाई रणवीरलाई के उपहार दिन चाहनुहुन्छ भनेर सोधका थिए। जवाफमा दीपिकाले आफू रणवीरलाई कण्डोमको प्याकेट दिन चाहने र रणवीरले यसको प्रगोय धेरै गर्ने गरेको बताएकी थिइन्। दीपिकाले रणवीरले कुनै कण्डोम कम्पनीको विज्ञापनमा काम गर्दा राम्रो हुने समेत बताएकी थिइन्।
कफी विथ करनमा सबैभन्दा लोकप्रिया भनेको र्यापिड फायर राउण्ड हो। यही राउण्डका क्रममा पाहुना बनेर आएका तुषार कपुरसँग करण जोहरले सोधे–जब तपाइँ ‘बोटोक्स’ को नाम सुन्नुहुन्छ भने तपाइँको दिमागको सबैभन्दा पहिला कुन नायिकाको नाम आउँछ?’ जवाफमा तुषासले प्रीति जिन्टाको नाम लिएका थिए। पछि तुषारको यो कमेन्टदेखि प्रीति जिन्टा निकै रिसाएकी थिइन्। र तुषारले माफी मागेका थिए।
यही शो मा पाहुना बनेर पुगेका रणवीर कपुर र इमरान खानसँग करण जोहरले सोनम कपुरमाथि प्रश्न गरे। ‘सेक्स अपीलका हिसाबबाट अभिनेत्रीलाई र्याकं गर्नुस्।’ यसको जवाफमा रणवीर र इमारानले सोमनलाई सबैभन्दा अन्तिम र्यांक दिए। दुवैले भनेका थिए, सोनम सुन्दर छिन् सेक्सी छैनन्।’
२०१३ मा यही शोको सिजन–४ मा सलमान खानसँग करणनले उनको निजी जीवनका विषयमा धेरै प्रश्न गरेका थिए। तर सलमान त्यस्तो मुडमा थिएनन् । एउटा प्रश्नको जवाफमा सलमानले भनेका थिए– म भर्जिन छु। म पूरै भर्जिन छु। मेरो भर्जिनिटी हुनेवाला श्रीमतीकालागि बचाएर राखेको छु।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।