नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण भएको छ । रुघा र ज्वरोकै कारण आइतबार प्रचण्डपत्नी सीता दाहाललाई ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि मंगलबार बिहान उनलाई आइसियूमा सारिएको छ । त्यस्तै प्रचण्डकी बुहारी तथा खानेपानी तथा सरसफाई मन्त्री समेत रहेकी बिना मगरलाई पनि मंगलबार बिहान सुमेरु अस्पतालमै भर्ना गरिएको छ । प्रचण्ड सचिवालयले जनाए अनुसार बिनालाई पनि भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।
मौसमी भाइरलकै कारण प्रचण्ड र उनका कान्छा नाति प्रणव दाहाललाई पनि सामान्य ज्वरो आएको सचिवालय स्रोतले जनाएको छ । त्यस्तै यसअघि गत शनिबार छोरी गंगा दाहाल र नातिनी स्मृति दाहाल पनि अस्पताल भर्ना भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।