पति अभिषेक बच्चनले खोले पत्नी ऐश्वर्याका बारेमा यस्तो अनौठो राज



बलिउड अभिनेता अमिताभका एक मात्र सुपुत्र अभिषेक बच्चनका फिल्म नचले पनि उनको क्रेज भने आजका दिनमा पनि उत्तिकै छ कारण के हो त रु पारिबारिक क्रेज वा सुन्दरी पत्ति ऐश्वर्याका कारण रु त्यति चलचित्रमा पनि नदेखिएका उनी हिजोआज कार्यक्रममा बाक्लै पुगिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

हालै एक कार्यक्रममा उनी स्टाइलिस हुनुको कारण सोधीएको थियो जसमा उ ‘स्टायलिस’ हुनुको श्रेय पत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चनलाई दिए ।

उनले भने, ‘आजको मेरो कपडा पनि ऐश्वर्याले नै छानेकी हुन् । ऐश्वर्या र आराध्याले मलाई फेसन टिप्स दिइरहेका हुन्छन् ।’ त्यति मात्र होइन, अभिषेकले कार्यक्रममा ऐश्वर्याको प्रभावले आफूमा आएको परिवर्तनबारे पनि बताए ।

उनले आँफु आफ्ना माता र पिताका कारण मुख्य रुपमा प्रभावित भएको बताउँदै आजको स्थानमा आफ्ना बाबुका कारण मात्रै उभिन सकेको बताए ।एजेन्सी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्