अफ्नो उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला,कारण थाहापाउदा छक्क पर्नुहुने छ



एनेन्सी। अमेरिकाकी मोडल सुसान लुसी आफ्नो लुकले सबैलाई धोका दिइरहेकी छिन् । ७१ वर्षको उमेरमा पनि उनी आफ्नो वास्तविक उमेरभन्दा झण्डै ४० वर्ष कान्छी देखिन्छिन् । उनी अहिले पनि स्विमसुटमा पोज दिन्छिन् । उनले यो फोटोसुट हार्पर्स बजारको अक्टोबर संस्करणको लागि दिएकी हुन् । यो फोटोसुटका फोटो हेरेपछि मानिसहरु उनको सुन्दरता र फिटनेस हेरेर चकित परेका छन् । उनी यो उमेरमा पनि हप्ताको ६ दिन काम गर्छिन् । उनले आफ्नो फिटनेसका विषयमा केही रहस्य पनि खोलेकी छिन् ।

उनले यो फोटोसुटका बेला आफूलाई २० देखि ३० वर्षबीचमा उमेरमा जस्तै अनुभूति भएको बताएकी छिन् । उनले वुमन हेल्थ नामको एक म्यागजिनको लागि दिएको अन्तरवार्तामा आफ्नो सुन्दरताको रहस्य खोलेकी छिन् । उनले फिटनेसको सबैभन्दा महत्वपूर्ण पाटो आफ्नो निरन्तर परिश्रमलाई मान्छिन् । सुसानका अनुसार उनी हरेक दिन बिहान एक्सरसाइज गर्छिन् र यो काम उनले कहिल्यै पनि छुटाउँदिनन् । उनी एक्सरसाइजकै लागि डान्स पनि गर्छिन् ।

उनी खानामा निकै सतर्कता अपनाउँछिन् । उनले आफ्नो स्वादमा नियन्त्रण राखेकी छिन् । उनलाई सम्झना पनि छैन कि उनले पछिल्लो पटक चीज बर्गर र फ्रेन्च प्राइ कहिले खाएकी थिइन् । उनले कहिलेकाहीँ मात्र डेजर्ट खान्छिन् । स्न्याक्समा पनि केही खान्नन् । ब्रेड र पास्ता पनि कहिलेकाहीँ मात्र खान्छिन् । उनलाई स्याण्डविच निकै मन पर्छ तर यसमा पनि ब्रेडको सट्टा आलु र प्रोटिन प्रयोग गर्छिन् । उनी वाइन पनि १ ग्लास मात्र पिउँछिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्