राजदूतमा तीन जनाको नाम अनुमोदित



काठमाडौं : संसदीय सुनुवाइ समितिले तीन जना राजदूतको नाम अदमोदन गरेको छ। समितिले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो। तीनैजना राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देशसमेत दिएको छ। उक्त विषयमा समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वीट्जरल्यान्डबाट फर्किएपछि समितिमा बोलाएर छलफल गर्ने निर्णय भएको सभापति कर्णले जानकारी दिए। यसअघि गणेशप्रसाद ढकाल थाइल्यान्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित भइसकेका छन्। समितिको बिहीबारको बैठकले दुवैको नाम अनुमोदन गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्