तिन वर्ष पछि दोहोरीयो दाङमा वाढी ‘वाढीका कारण दाङमा २ मृत्यु , २ घाईते र ४३ घर भत्किए’



गिरिराज नेपाली
दाङ २८ , साउन
२०७१ साल साउन २९ गते दाङमा आएको वाढीका कारण १५ जनाको मृत्यु , ३ जना वेपता र ५ सय ११ घर पुर्ण रुपमा भत्किएका थिए । भने त्यसको ठिक ४ वर्ष वित्न एक दिन मात्रै वाँकी रहदा दाङमा पुन ः उही वाढी दोहोरीएको छ । भने लाखौ धनमालको क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार शुक्रवार देखीको लगातारको वर्षातको कारण २ जनाको मृत्यु भएको छ । भने २ जनाको गम्भिर घाईते भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । भने ४९ वटा घर पुर्ण रुपमा भत्किएका छन । भने ४ सय ७० घरपरिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठका अनुसार वर्षातका कारण तुलसीपुर उप–महानगरपालिका १३ की ४८ वर्षिय भगवती सुनार र तुलसीपुर उप–महानगरपालिका ४ ढिकपुृरका ५८ वर्षिय नर वहादुर वस्नेत मृत्यु भएको छ । खोला तर्ने क्रममा दुवै जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । त्यस्तै वाढीका कारण लमही नगरपालिका वडा नम्वर ९ का कर्ण वहादुर डाँगी र उनकी श्रीमती रिता डाँगी गम्भिर घाईते भएका छन । घाईते दुवै जना लाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वर्षातका कारण लमही नगरपालिका वडा नम्वर ९ अमेलियामा ९ , घोराही उप–महानगरपालिका ३ मा ३ र दंगिशरण गाँउपालिकामा ७ र तुलसीपुर उप–महानगरपालिकामा २३ र घर पुर्ण रुपमा भत्किएको श्रेष्ठले जानकारी दिए । उनले भने – अझै पुरा खवर आउन वाँकी रहेकाले क्षतिको विवरण आउन सकेको छैन । ’

त्यस्तै देउखुरीको रिहारमा ५३ , दगिशरण गाँउपालिकामा २ सय ६५ र तुलसीपुर क्षेत्रमा १ सय ५० घर डुवानमा परेको छन । लगातारको वर्षातका कारण डुवानमा परेका घरहर पनि भत्किन सक्ने अनु्मान गरिएको स्थानियवासीले खवर गरेको श्रेष्ठले जानकारी दिए । डुवानका कारण ४ सय ७० जना विस्थापित भएका छन । विस्थापितहरु लाई सुरक्षित स्थानमा आश्रय दिने काम जारी रहेका छ । विस्थापितहरु आफन्त र विद्यालयमा सारिरहेको श्रेष्ठले जानकारी दिए । भने सम्भावित वाढी प्रभावित क्षेत्रका वासिन्दाहरु लाई सुरक्षित स्थान तर्फ सार्ने काम जारी रहेको श्रेष्ठले वताए । भने मृतक परिवारहरुका लागि राहातको व्यावस्थाका लागि काम सुरु भईरहेको श्रेष्ठले जानकारी दिए ।

उच्च सर्तकता अपनाउन प्रशासनको आग्रह

शुक्रवार राती देखीको अविरल वर्षातका कारण दाङका खोलाहरुमा पानीको वहाव वढ्ने क्रममा रहेकाले वाढी वाट वच्न जिल्ला प्रशासन कार्यालयले उच्च सतकर्ता अपनाउन सवैमा आग्रह गरेको छ । वर्षातका कारण नदि र खोलाहरुमा पानीको वहाव वढिरहेकाले त्यस वरीपरीका वस्तीहरु सुरक्षित स्थान तर्फ सार्ने काम पनि भईरहेको जानकारी दिए । पानीको वहाव वढि रहेकाले ति सम्भावित क्षेत्रहरुमा उच्च सुरक्षा सतकर्ता समेत अपनाई रहेको उनले जानकारी दिए । भने विस्थापित परिवारहरुका लागि खाद्यन्न व्यावस्था पनि गरिएको उनले जानकारी दिए ।
पानीको वहाव वढि रहेकाले सम्भावित क्षेत्रमा प्रहरी द्वारा माईकिङ गरी सुरक्षित स्थान तर्फ जान समेत खवर गरिहेको जानकारी दिए । भने आवश्यक उद्धार उपकरणहरुको सहितको प्रहरी परिचालन गरीएको उनले वताए ।
वाढी प्रभावित क्षेत्रहरु उद्धार तथा सुरक्षा व्यावस्थाका लागि दाङमा २ सय प्रहरी परिचालन गरिएको जिल्ला पं्रशासन कार्यालय दाङले जनाएको छ । सम्भावित क्षेत्रहरुमा अझै कतिपय स्थानहरु उद्धारका काम चलिरहेकाले थप प्रहरी परिचालन गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिए । सुरक्षा व्यावस्था लाई ध्यानमा राख्दै जिल्ला प्रशासन दाङ सम्भावित क्षेत्रहरुमा अधितम ५० देखी न्युनतम १० जना प्रहरी परिचालन गरी उद्धारको काम गरिहेको जानकारी दिए । जसमा नेपाली सेना ५० , नेपाल प्रहरी १ सय ५० र शशस्त्र प्रहरी ५० जना गरी २ सय प्रहरी परिचालन गरिएको जानकारी दिए । रेडक्रस लगाएत अन्य सहयोगी संघ संस्थाहरुको साझा सहकार्यमा उद्धार काम जारी रहेको उनले वताए । त्यस्तै जल तथा मौसम विभाग फिल्ड कार्यालय घोराहीले वितेको २४ घण्टामा दाङमा १ सय ६४ दशमलव ४ मिलमिटर वर्षात भएको जानकारी दिएको छ । कार्यालयकी मधु मिश्रले वर्षात अझै २ दिन सम्म लगातार हुन सक्ने अनुमान देखिएकाले सवैले सजकता अपनाउन आग्रह गरेकी छिन । वर्षात २ दिन अझै लम्वीने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्