भ्रूणहत्याको आरोपमा आमा-छोरी पक्राउ



तेह्रथुम– तेह्रथुमको छथर गाउँपालिका–१ आङदिममा भ्रूणहत्या गरेको आरोपमा  आमा–छोरीलाई नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रूणहत्या गरेको आरोपमा सोही स्थान बस्ने वर्ष २० की दालमु शेर्पा र निजकी आमा वर्ष ४५ की कल्पना शेर्पालाई प्रहरीले पक्राउ गरेको  हो ।

छोरी दालमु शेर्पाको गर्भमा रहेको भ्रूणहत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भ्रूणहत्या गरेर नजिकै रहेको उतिस घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्