खोटाङ जिल्लालाई पूर्वको कालिकोट भन्दा फरक नपर्ला । काठमाडौंबाट त्यहाँ पुग्नका लागि सहज यातायात सेवा छैन् । ठाउँ ठाउँमा कच्चिबाटो ठाउँ ठाउँमा पुलबिहिन खोलानालाहरू अनि खुर्कोटका घुम्तिहरू सम्झदा कताकता आग नै सिरिङ्ग भएर आउँछ । तर हामी त्यस्ता बाधाहरूका बीचमा पनि खोटाङ जाने निर्णय गरिउँ ।
हामीले त्यहाँ गएर बिद्युत करेन्टमा परि दुबै हात र दाहिने खुट्टा गुमाएका हरिकाजी ढुङ्गानाको यथार्थ कुरा बाहिर ल्याउनु थियो । उनै हरिकाजीलाई भेट्नको लागि हामी काठमाडौंबाट माघ ८ गते खोटाङको सदरमुकाम दिक्तेल जान सैघाली खबर टिम तयारीमा जुटियौ । १स्३० मा खोटाङका लागि कोटेश्वरबाट गाडी चडियो ।
बिचबिचमा धेरै धेरै घुम्तिहरू साझको सिरेटो खाँदै काटियो । भक्तपुरका काभ्रेपलान्चोकको धुलिखेल, सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी, ओखलठुङ्गाको जयरामघाट अनि पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेशी महनदेव स्थान हुँदै राति १ बजे दिक्तेल पुग्यौं । दिक्तेलमा राति झमप्रसाद आचार्यको घरमा गएर बाँस बसियौ।
बिहान करिब ६ बजे उठेर हरिकाजीको घर नेर्पा भन्ने ठाउँमा गयौं । अहिले हामी भिडियोको तयारीमा जुटेका छौं । त्यसैले हामीले तपाईहरूका लागि केही हरिकाजीका फोटाहरूबाट यो सामग्री तयार पारेका छौ । भिडियोको प्रतीक्षा गर्नु होला ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।