जनकपुर– काँग्रेस समर्थित नेपाल तरुण दलले सरकारबिरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ ।
तरुण दलले बुधबार सरकारको बिरोधमा प्रदर्शनसहित सरकारविरुद्ध चर्को नारावाजी गरेको हो ।
त्यसअघि जनकपुरस्थित काग्रेसको पार्टी कार्यालयबाट सुरु भएको र्याली मुरलीचोक, राम चोक, जनक चोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले महङ्गी, भ्रष्टाचार र निर्मला हत्याकाण्डका अपराधी लगायतलाई सरकारले संरक्षण दिएकाले सरकारको विरोध गर्नुपरेको आरोप लगाए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।