सल्यान : विद्युत सेवा अवरुद्ध हुँदा सल्यान विगत तीन दिनदेखि अन्धकार भएको छ। दाङदेखि सल्यान श्रीनगरसम्मका विभिन्न ठाउँमा फल्ट हुँदा जिल्ला तीनदेखि अन्धकार भएको हो।
जिल्लाको सल्लेखोलादेखि श्रीनगरसम्मको फल्ट हटाइएको र अन्य स्थानको फल्ट हटाउने कार्य भई रहेको नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाले जनाएको छ। फल्ट पत्ता लगाउन नै समस्या भएको सल्यान वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए।
फल्ट कति ठाउँमा छ भन्ने कुरा थाहा नभएका कारण विद्युत कुन समयदेखि सञ्चालनमा आउछ भन्ने एकिन भन्न नसकिने उनको भनाइ छ। तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा जिल्लाका सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्।
लामो समयसम्म लोडसेडिङ नभएको अवस्थामा तीनदिनसम्म विद्युत् अवरुद्ध हुँदा सञ्चारमाध्यमका साथै अन्य सरकारी कामकाजसमेत प्रभावित भएको छ। सल्यानमा सञ्चालनमा रहेका ४ वटा रेडियो तीन दिनदेखि बन्द भएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।