गीतकार लोकराज अधिकारीलाई यसबर्ष तीन अन्तरास्ट्रिय अवार्ड



थाइल्याण्डमा सम्पन्न छायाँछवि क्रिएशनको आयोजनामा प्रथम ‘अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्ड २०१८’ मा प्रसिद्ध गीतकार लोकराज अधिकारीले गीतकार बिधाको अवार्ड जितेका छन । जनवरी १३ मा थाईल्याण्डको पटायामा सम्पन्न प्रथम संस्करणको २२ बिधाको अवार्ड कार्यक्रममा लामो समय देखि गीतसंगीतको क्षेत्रमा गीतकारको हैसियतमा पुराएको योगदानको आधारमा अधिकारीले गीतकार बिधा तर्फ को अनर अवार्ड प्राप्त गरेका हुन ।

‘तिम्ले पराई ठाने पछि’ देखि लिएर पछिल्लो समयमा ‘शत्रु गते’ सिनेमामा समावेश ‘रुपै मोहनी’का समेत गीतकार रहेका अधिकारी सञ्चारकर्मी पनि हुन्। कार्यक्रममा नेपाली चलचित्र, सङ्गीत र साहित्यको क्षेत्रमा क्रियाशील रहेका सर्जक र कलाकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा विगत लामो समयदेखि अनवरत रुपमा विशिष्ठ योगदान पुर्याउने सर्जक एवं कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो। गीतकार अधिकारी ले यसै बर्ष यो सहित अन्य ३ अवार्ड पनि जितिसकेका छन ।

केही समय पहिले भारतको दिल्लीमा सम्पन्न नेपाली गौरव अवार्डमा गीतकार अधिकारीले नेपालको प्रसिद्ध गीतकार को हैसियतले बेस्ट स्पेसल अवार्ड २०१८ पाएका थिए । नेपाली गौरव अवार्ड नेपाल भित्र र प्रबासमा रहेर आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेकालाइ दिइने अवार्ड हो । त्यसैगरी गीतकार अधिकारीले अस्ट्रेलियामा सम्पन्न प्रथम राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्डमा चलचित्र गीतकार तर्फ सर्बोत्कृस्ट गीतकार को अवार्ड जितेका हुन । उन्ले चलचित्र शत्रु गतेको रुपै मोहनी गीत बाट यो अवार्ड जितेका हुन ।

यसै बर्ष मङ्सिर मा राजधानी काठमाडौ मा सम्पन्न सगरमाथा म्युजिक अवार्ड मा पनि रुपै मोहनी गीत बाट अधिकारी ले सर्बोत्कृस्ट गीतकारको अवार्ड चुम्न सफल भएकाछ्न । झन्डै दुई दशक देखि गीत लेखनमा सकृय गीतकार अधिकारीले यसअघि पनि सुगम संगीत गीतकार तर्फ बिन्ध्यबासिनी म्युजिक अवार्ड म्युजिक खबर म्युजिक अवार्ड एम सम्मान लगाएत का अवार्ड र सम्मान पाइसकेका छन । झन्डै सय को हाराहारीमा गीत गजल रेकर्ड गराएका गीतकार अधिकारीका दर्जनौ गीत लोकप्रिय छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्