जातीय विभेद गरेको अभियोगमा युवकलाई हत्कडी



लोकेन्द्र निरासी , बुर्तिबाङ, २०७५ माघ ९ । बिबाह भोजमा छुवाछुत तथा जातीय विभेद गरेको अभियोगमा एक युवकलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गरेको छ ।

ढोरपाटन नगरपालिका वडा नं.५ अधिकारीचौर बस्ने वर्ष ३२ का लोक बहादुर बुढाले निसीखोला गाउँपालिका वडा नं. २ देविस्थान देउराली बस्ने ओम बहादुर रसाईलीलाई जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पीडित रसाइलीले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा दिएको लिखित उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको हो ।

यो पनी पढ्नुहोस् :मृत छोराको वीर्य राखेर एक आमा बनिन् हजुरआमा, भन्छिन् – ‘मेरो छोराको पुनर्जन्म ….

यो पनी पढ्नुहोस् :  चल्ने भयो भारु ५ सय र २ हजारका नोट

गत सोमबार ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौरमा खड्क बहादुर पुनकी छोरी गीता पुनको बिबाह भोजमा निम्तो मान्न गएका ओम बहादुर रसाइलीलाई खाना खाने क्रममा घटनाका आरोपित लोक बहादुर बुढाले छुवाछुत तथा जातीय विभेद गरी अपमान गरेको बताईएको छ । निज बुढाले दलितहरुले खाने छुट्टै भान्सा भएको र उपल्लो जातिले खाने भान्सामा किन आएको भन्दै रसाईलीलाई अपमानपूर्वक व्यवहार गरी विवाहभोज स्थलबाट बाहिर धपाएका थिए । त्यसपछि रसाईली बिबाह भोजमा सहभागी नै नभई घर फर्केपछि हिजो मंगलबार आफूमाथि जातीय विभेद र छुवाछुत भएकोले न्याय पाउँ भनी ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिखित उजुरी दिएका थिए ।

यो पनी पढ्नुहोस् : नियमित सेक्स गर्ने महिला चिन्ने तरिका, यस्तो छ रोचक तथ्य

यो पनी पढ्नुहोस् : सबैलाई रुहाउने खबर : बाजुरामा पलभरमै यस्तो भयो

 

उक्त उजुरी उपर आज दलित अधिकारकर्मीहरु, क्षेत्रीय दलित संजाल, स्वतन्त्र दलित संजाल बुर्तिबाङ लगायतका दलित संघसंस्था र संचारकर्मी लगायतको उपस्थितिमा दुवै पक्षलाई उपस्थिति गराई ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा व्यापक छलफल भएको थियो । घटनाका आरोपित बुढाले आफूले छुवाछुत गर्नु गल्ती भएको स्वीकार गरेपनि पीडित ओम बहादुर रसाइलीले मिलापत्र गर्न नमाने पछि र कानुनी रुपमा कार्वाही हुनुपर्ने अडान राखेपछि कार्वाहीका लागि जिल्ला चलान गरिएको हो । पीडितको उजुरीको आधारमा दोषीलाई आवश्यक कानुनी कार्वाहीका लागि जिल्ला चलान गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए ।

अधिकांश जातीय विभेद तथा छुवाछुतका घटनाहरु गाउँघरमै टुङ्गिने र कतिपय प्रहरी कार्यालयमा आएपनि मिलापत्रमा नै टुङ्गिने गरेकोमा जातीय विभेद एवं छुवाछुत गरेको कारण प्रहरीले अभियुक्तलाई हत्कडी लगाएर जिल्ला चलान गरेको यस क्षेत्रकै यो पहिलो घटना हो ।

यो पनी पढ्नुहोस् : २१ वर्षकी मोडलको फिगरले संसार मोहित, फोटोमा हेर्नुहोस्

यो पनी पढ्नुहोस् : यी २० हिरोइनको अगाडि फेल हुन्छन् सुन्दरीहरु…..

नेपालको संविधान र ऐन कानुन अनुसार कसैले कसैलाई जातीय विभेद तथा छुवाछुत गर्नु दण्डनीय अपराध हो । नेपालको संविधान २०७२ को मौलिक हक अन्तरगत धारा २४ अन्तरगत छुवाछुत तथा विभेद विरुद्धको हकमा कुनै पनि व्यक्तिले सार्वजनिक वा निजी स्थलमा कसैलाई जातीय विभेद तथा छुवाछुत गर्न नहुने र त्यस्तो कार्य गरेमा कानुन बमोजिम दण्डनीय अपराध हुने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।

त्यसैगरी छुवाछुत कसुर र सजाय ऐन २०६८ मा समेत कसैले कसैलाई सार्वजनिक वा निजी स्थालमा जातीय विभेद तथा छुवाछुत गरेमा दण्डनीय अपराध हुने र दोषीलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धीत भिडियोहरु हेर्न यहाँ किलिक गर्नुहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्