मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग पराजित हुनुको कारण यस्तो



काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।

नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले पराजित भएको हो ।

बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो सराविया र विसाम बेन यडरले गोल गरे ।

बार्सिलोनाले पहिलो हाफसम्म भने बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै दुई गोल खान पुग्यो । खेलको ५८औं मिनेटमा सरावियाको गोलबाट सेभियाले अग्रता बनाएको थियो ।

खेलको ७६औं मिनेटमा यडरले गोल गर्दै सेभियालाई २-० गोलको जित दिलाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्