बढी पहिरोले देशभर ३३ जनाको मृत्यु, कयौं बेपत्ता, टेलिफोन र विद्युत सेवा अवरुद्ध



सैघाली खबर
काठकाडौं,२९ साउन


बाढी पहिरोकाकारण देशभर ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रीजनार्दन शर्माले सीआइएनसँग कुरा गर्दै दिनुभएको जानकारीअनुसार कयौं बेपत्ताभएका छन् । पूर्वी तराई बाढी र डुबानबाट पुरै प्रभावित छ । गृह मन्त्रालयकाअनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा २, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ जनाको मृत्यु भएको छ ।
बेपत्ताको खोज तथा बाढी प्रभावितहरुको उद्धारकालागि सबैै सुरक्षानिकाय सक्रियभएको मन्त्रीशर्माले जानकारी दिनुभयो । तर मौसममा सुधार नभएकाले हेलिकप्टर प्रभावित क्षेत्रमाजान सकिरहेको छैन । गृहमन्त्रीशर्माकाअनुसार स्थानीय स्रोत साधनको प्रयोग गरि उद्धार तथा राहतको कामभईरहेको छ । पानी परिरहेकाकारण स्थिति थपभयावहहुँदै गएको उहाँले बताउनुभयो । पूर्वी र मध्य तराईकानदीआसपासकाअधिकांशशहर डुवानमा परेका छन् ।
झापाकानदीआसपासकामूख्यशहरहरु डुवानमा रहेको रेडियो सरगमले जनाएको छ । त्यस्तै मोरङमापनि बाढीका कारण बिराटनगर सहितअधिकांशशहर डुनावमा परेका छन् । सुनसरीको इटहरी सहितकाविभिन्न स्थानमा सप्तकोशीनदीको पानी पसेको छ । कोशीब्यारेजको ढोकाखोल्न भारतलाई आग्रहगरिएको र केही ढोकाहरु खुलेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै सप्तरी, सिरहा, चितवन, नवलपरासी, बाँके, बर्दिया लगायतकाजिल्लापनि डुबानमा परेका छन् । दाङ पनि बाढीबाट प्रभावितभएको छ । बढी पूर्वानुमानशाखाकाअनुसारबबई नदी र चितवनको पूर्व राप्तीनदीमाउच्च बाढी र खतरा तहभन्दामाथि रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्