प्रशारण बिद्येयक फिर्ता गर्न पत्रकारहरुको माग



प्रदेश ५ सरकारले प्रदेशसभामा पेश गरेको प्रशारण बिद्येयक फिर्ता गर्न पत्रकारहरुले माग गरेका छन ।
सरकारले पेश गरेको बिद्येयकमा भाषिक त्रुटि अष्पष्ट र सञ्चार क्षेत्रलाई संकुचित गर्ने प्रकृतिको भएको भन्दै फिर्ता गरेर सच्याउन माग गरेका हुन ।
नेपाल पत्रकार महासंघ प्रदेश नं ५ को संयोजनमा गएको पत्रकारहरुको टोलिले प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्तिलाई भेटी छलफलको प्रयाप्त ब्यवस्था मिलाउन माग गरेका हुन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले प्रदेश सभामा प्रेश गरिएको बिद्येयकमा सरोकारवालाहरु संग समेत प्रयाप्त छलफल नगरीएको तथा छलफलमा सहभागिहरुबाट दिएका सुझावहरु नसमेटिएको भन्दै छलफलका लागि ब्यवस्था मिलाउन आग्रह गरे ।

चापागाईले सरकारले पेश गरेको बिद्येयकले सञ्चारगृह र सञ्चारकर्मीहरु प्रति अनुदार देखिएको र स्वतन्त्र प्रेसको घाटी निमोठने प्रकृतीको भएको भन्दै संसोधन जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अर्का पुर्व अध्यक्ष बिनोद पहाडिले प्रस्तुत प्रशारण ऐनका बिभिन्न दफाहरुमा गरीएको परिभाषा समेत नमिलेको बताउदै त्यसलाई सच्याउनु पनि प्रयाप्त छलफल जरुरी रहेको बताए
उनले प्रस्तुत बिद्येयक हुवहु पारित गरिए पत्रकारहरु बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए ।

सो अवसरमा सभामुख पुर्ण बहादुर घर्तिले पत्रकारहरुको चासोमा आफु सम्वेदनशिल रहेको बताउदै आफु बिधि र प्रक्रिया सम्वत ढंगले सुधारको पक्षमा रहेको बताए ।
उनले बिषयगत समितीमा छलफलबाट टुंगो लाग्न सक्ने भए सोही समितीबाट टुंग्याउन सकिने अन्यथा सरकारले नै फिर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको जानकारी दिए ।

सो अवसरमा, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष मौसम रोक्का, पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी, दिपक ज्ञवाली प्रदेश उपाध्यक्ष भरत केसी रुपन्देही अध्यक्ष यानेन्द्र जिसी,उपाध्यक्ष दिनेश पाण्डे, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष बिष्णु घिमिरे, सभामुखका प्रेस सल्लाहकार गणेश वली लगायतको सहभागिता रहेको थियो ।

त्यसैबिच नेपाल पत्रकार महासंघ प्रदेश नं ५ ले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रशारण बिद्येयक र ल्याउन लागेको छापाखाना तथा प्रकाशन बिद्येयकको अध्ययन गरि सुझाव पेश गर्न मोहन चापागाई तथा डिआर घिमिरेको संयोजकत्वमा २ वटा छुट्टा छुट्टै समिती गठन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्