पिसाब पोल्नु भयानक समस्या हो , यस्तो छ समाधानको उपाय



कुनै पनि मानिसलाई बेला बेला पिसाब पोल्नु त्यसलाई समस्याको रुपमा लिन सकिँदैन तर यो समस्या बारम्बार दोहोरियो भने त्यसले भयानक रोग निम्त्याउन सक्छ त्यसैले यस्तो समस्याबाट बच्न बेलैमा यसबाट टाढा रहनु नै ठिक हुन्छ । तपाइलाई पिसाब पोल्ने समस्याले सताएको छ ? यदि, छ भने निम्न घरेलु उपचार पद्धति अपनाउन सकिन्छ ।

 

 

१. गाँजरको रस साँझ–बिहान एक–एक गिलास सेवन गने ।
२. काँचो दुधमा थोरै पानी मिसाएर पिउने ।
३. फलफूलमा आलुवखरा, अंगुर पाकेको आँपको रस सेवन गर्न सकिन्छ ।
४. पाकेको आँप एक हप्तासम्म दिनको दुई वटा सेवन गर्ने ।
५. चामलको माडमा थोरै चिनी मिसाएर पिउने ।
६. दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुने ।
७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्ने ।
८. हर्रोबर्रो र अमला चूर्ण एक गिलास पानीमा बेलुका भिजाई बिहान–बिहान सेवन गर्ने ।
९. तरकारीमा मेथीको साग सेवन गर्ने ।
११. संभव भएसम्म हरेक एक घण्टामा पानी पिउने, भने कहिलेकाही मनतातो पानी पिउने
१२. दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गर्ने ।
१३. सुकुमेल र बदामलाई मिश्रीसँग पिसेवर एक गिलास पानीको साथमा पिउने ।
१४. दुई चम्चा धनियाँ बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्