खोज, उद्धार र राहतवितरणमा सहयोग पु¥याउन गृह मन्त्रालयको आह्वान



सैघाली खबर
काठकाडौं,२९ साउन


सरकारले मुलुककाविभिन्नभागमा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहतवितरणमा सहयोग पु¥याउनआह्वान गरेको छ । हिजो एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिकजीवनमाआवश्यक पर्ने खाद्यान्नलगायतका सामग्रीउपलब्ध गराउनउद्योगी, समाजसेवीतथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो । मन्त्रालयकाअनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमाखोज तथा उद्धारकालागि स्थानीयप्रशासनको नेतृत्वमा नेपाली सेना, नेपालप्रहरी, सशस्त्रप्रहरी, तालिमप्राप्त सुरक्षाकर्मी र अन्यजनशक्तिको परिचालनगरिएको छ । बाढीतथापहिरो प्रभावित ११ जिल्लामा नेपालप्रहरीकापाँचहजार ६००, सशस्त्रप्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसयतालिमप्राप्त सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका जनाइएको छ । उद्धारकालागि हेलिकप्टर तयारी अवस्थामा राखिएपनिमौसमकाकारण उड्न सकेको छैन । उद्धारगरिएकालाईविद्यालयलगायतमाआश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्थामिलाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोलीप्रभावित क्षेत्रमा पठाउन स्वास्थ्यमन्त्रालयलाई आग्रहपनि गरेको छ । मन्त्रालयले यस विपत्तिमा परी ज्यानगुमाउनेप्रतिश्रद्धाञ्जलि व्यक्तगर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्