मुख्य समाचार

रेडक्रसकर्मिहरुलाई राहात तथा उद्धारमा जुट्न दाङ रेडक्रसको अपील

By थाहा अनलाइन

August 13, 2017

सैघाली खबर दाङ,२९ साउन

शुक्रबार देखी परेको अबीरल बर्षाले दाङ जिल्लाको बिभिन्न भागमा आएको बाढीले मानविय क्षती संगै बिभिन्न स्थानमा पुराएको भौतीक क्षतीप्रती दाङ रेढक्रसले दुख व्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा दाङका सभापती नारायण आचार्यले नेपाल रेडक्रस सोसाईटीका सम्पुर्ण पदाधीकारी , रेडक्रसकर्मि, तालीम प्राप्त स्वयंसेवकहरुलाई प्रभावीत क्षेत्रमा राहात तथा उद्धारको लागी खट्न अपील गरेका छन । शनीवार देखी बाढीले पुराएको असरको रीर्पो्टिङ भैरहेको भन्दै दाङसाखा राहात तथा उद्धारको लागी बिभिन्न स्थानमा खट्ने उनले जानकारी दिएका छन । दाङका बिभिन्न स्थान बाट सुचाना आउने क्रम जारी रहेकोले जिल्ला प्रशासन कार्यालय सँग समन्वयमा रही रेडक्रस दाङले राहात तथा उद्धार कार्यलाई तत्काल अगाढी बढाउने उनले जानकारी दिएका छन । उनका अनुसार दाङसाखाको गोदाममा रहेको राहत सामग्रीहरु बिभिन्न स्थानमा पठाउने कार्य भएको र दाङमा रहेको रहात सामाग्री अपुग भएकोले क्षेत्र तथा केन्द्र संग समन्वयमा रहेर अपुग सामग्रीहरु माग गर्ने काम सुरु भैसकेको उनले जानकारी दिएका छन । दाङमा हाल सम्म २ जनाको मृत्यु भएको सुचना प्राप्त भएको केही मानिसहरु बाढीको कारण घाईते भएको कयौ घरहरु डुवानमा परेको साथै कतीपय घरहरु भत्कीएको र सयौ मानिसहरु प्रभाबीत भएको सूचना प्राप्त भएकोले सोही अनुसार नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा दाङले तयारी थालेको भन्दै आम नागरीकहरुलाई सुरक्षीत स्थानमा बस्न र एकआपसमा सहयोग गर्न उनले सबैलाई अपील समेत गरेका छन ।