काठमाण्डाै – समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा प्रदेश ३ र काठमाण्डौ महानगरपालिका परेका छन् ।
पहिलो प्राथमिकतामा परेको प्रदेश ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । प्रदेशको जम्मा दरबन्दी २२ हजार ७५५ मध्ये आधाभन्दा धेरैले प्रदेश ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले बताउनुभयो ।
मन्त्रालयले गएको पुस ११ देखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो। थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।