म्बई– बलिउड फिल्म मुख्य तीन भूमिकामा केन्द्रीत रहेर बन्ने गरेको छ । ती हुन्– नायक, नायिका र भिलेन । यी तीनै भूमिका फिल्मका लागि महत्व छ । तर दर्शकलाई हिरोको भूमिका मात्र महत्वपूर्ण लाग्ने गर्दछ । बलिउडमा केही यस्ता पनि फिल्म पनि निर्माण भएका छन् ।
जसमा भिलेनको भूमिका अभिनेताले नभएर अभिनेत्रीले निर्वाह गरेका थिए । खलनायक भूमिकाबाट पनि दर्शकको मन जित्न सफल ५ अभिनेत्री, जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
काजोल
बलिउड अभिनेत्री काजोलले रोमान्टिक फिल्म धेरै गरेकी छन् । तर उनले अभिनय दौरानमा एक फिल्ममा भिलेनको भूमिका समेत निभाएकी थिइन् । फिल्म गुप्टमा उनले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । फ्यानले काजोलको उक्त भूमिका निकै रुचाए ।
प्रियंका चोपडा
बलिउडकी देशीगर्ल प्रियंका चोपडा पछिल्लो समय हलिउडमा समेत काम गरिरहेकी छन् । हालै विवाह बन्धनमा बाँधिएकी प्रियंकाले फिल्म ‘एतराज’ मा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । उक्त भूमिका दर्शकले रुचाए ।
फिल्मका लागि उनले बनाएको लुक्स समेत लोकप्रिय भएको थियो । चलचित्रको भूमिकाका कारण उनले अवार्ड समेत हात पारेकी थिइन् ।
कोंकणा सेन शर्मा
अभिनेत्री कोंकणा सेन शर्माले पनि फिल्म ‘एक थी डायन’मा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । यस फिल्ममा उनको सानो भूमिका थियो । तर भूमिकाको सबैले प्रशंसा गरेका थिए ।
फिल्म बक्स अफिसमा सफल त भएन । तर कोंकणाले आफुले निर्वाह गरेको भूमिकाबाट धेरैको मन जित्न सफल भइन् ।
ऐश्वर्या राय बच्चन
अभिनेत्री ऐश्वर्या राय बच्चन विश्व सुन्दरी पनि हुन् । उनले फिल्म ‘खाकी’मा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्ममा कलाकारको फौज नै रहेका थिए । ऐश्वर्याले पहिलो पटक यसै फिल्ममा भिलेनको भूमिका निर्वाह गरेकी हुन् ।
अमृता सिंह
अभिनेत्री अमृता फिल्म ‘कलियुग’मा भिलेनको भूमिकामा थिइन् । यो फिल्म बेश्यावृत्ति र लुकीछिपी बन्ने पोर्न फिल्मको कारोबारको बिषयमा बनेको थियो । फिल्ममा अमृताको भूमिका निकै दमदार थियो । फ्यानले उनको भूमिका पनि निकै रुचाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।