घरबाट ट्वाइलेट गएको कुकुर फर्किएन, दुई दिनपछि थाहा भयो कुकुरको लोकेशन, त्यसपछि जे भयो…



एजेन्सी। अमेरिकाको कंसासमा बस्ने एक परिवारको कुकुर एकदिन अचानक हरायो। त्यो परिवारका सदस्यहरुले दुई दिनसम्म कुकुरलाई धेरै खोजे तर कुकुरको विषयमा केही जानकारी फेला परेन। दुई दिन पछि उनिहरुलार्ई एक फोन आयो र कुकुर भएको ठाउँको बारेमा खबर पाए। त्यसपछि कुकुर धनी कुकुर लिन गए। तर त्यो कुकुरसँग अरु साथी पनि थिए।

 

 

कुकुरसँगै अर्को एउटा कुकुर र बाख्रो पनि थियो। यो कथा अमेरिका को कोंकोर्डिया शहरमा बस्ने काइली क्रियर उसकी पत्नी लोरेन क्रियर तथा ‘बो’ नामको कुकुरको हो। जब लोरेनले बोलाइ बाथरूमको लागि घरबाट बहिर जान दिइन तब त्यो कुकुर त्यहाँबाट भाग्यो र घर फर्किएर आएन।

कुकुर हराए पछि क्रियर परिवारले उसलाई आसपासको क्षेत्रमा खोजे। तर कतै फेला पार्न सकेनन्। दुई दिन पछि उनीहरुलाई फोन आयो र कुकुर भएको ठाउँको बारेमा खबर पाए। उनीहरुको कुकुर घरबाट १० किमि टाढा एउटा खेतमा खेलिरहेको थियो।

 

दम्पतिले आफ्नो कुकुर ‘बो’ लाई टाढैबाट बोलाए। बोलाएको सुनिसकेपछि त्यो कुकुरसँगै अर्को कुकुर र बाख्रो पनि आए। उनिहरु आउनसाथ काइलीले आफ्नो कुकुरको लागि गाडीकोे ढोका खोलिदिए। तर ‘बो’ सँगैै उसका साथी पनि गाडीमा गएर बसे। तिनीहरु पनि ‘बो’ सँगै घर जान चाहन्थे।

घर आएपछि ‘बो’ का साथीहरु फर्किएर गए। केही दिनपछि काइलीलाई थाहा भयो कि ती कुकुर र बाख्रो ‘बो’ का साथी बनेको थिए, उसकै छिमेकिका थिए।

‘बो’ को उनीहरुसँग भेट् भैरहन्थ्यो। यही कारणले उनीहरुबीच मित्रता बढेको थियो। काइली परिवारले यो स्टोरी  आफ्नो सोशल मिडियामा शेयर गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्