सनी लियोनीमाथि लाग्यो गम्भिर आरोप !



एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनीमाथि गम्भिर आरोप लागेओ छ । बलिउड प्रोड्यूसर तथा डिस्ट्रब्यूटर भारत पटेलले सन्निले धोका दिएको आरोप लगाएका छन् ।

भारतले सनीले २०१७ मा रिलीज भएको फिल्म ‘पटेलीकी पंजाबी शादी’ मा एक आइटम नम्बरमा डान्स गर्ने सहमतिमा पैसा लिएको तर उक्त गीत शुट नगरेको आरोप लगाएका छन् । उनले आइटम नम्बरमा डान्स गर्ने भन्दै सनीलाई पाँच लाख दिएको तर सनीले उक्त रकम फिर्ता नगरेको आरोप लगाएका छन्।

भारतीय संचारमाध्यमका अनुसार भारत पटेलले सनी लियोनीलाई उक्त गीतमा आइटम डान्स गर्नकालागि ४० लाख रुपैयाँ दिने सहमति थियो। त्यो मध्ये पाँच लाख रुपैयाँ सहमति गर्दा नै सनीलाई दिइएको थियो।

त्यस बाहेक ५ लाख लुक टेस्टपछि, २० लाख गीतको रिहर्सलका क्रममा र बाँकी दश लाख प्रमोशनका क्रममा दिने सहमति भएको थियो।

सनीलाई पाँच लाख पहिला नै दिइसकिएकाले शुटिङको मिति तय गर्न सनीलाई बोलाइयो। निर्माण पक्षले सनीलाई फोन गर्न उनले फोन रिसिभ गरिनन्।

सनीलाई म्यासेज पठाउँदा रिप्लाइ पनि गरिनन्। पटेलका अनुसार सनीलाई यो विषयमा गिलग नोटिस पनि पठाइएको थियो। त्यसको पनि कुनै प्रतिक्रिया आएन।

सनी लियोनी निकट स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार फिल्ममा आइटम डान्सकालागि सनीले मिति तय गरेकी थिइन्। तर निर्माण पक्षले कहिले अगाडि त कहिले पछाडि मिति सारे। त्यसपछि सनीले आफ्नो समय अर्को प्रोजेक्टलाई दिएकी हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्