काठमाडौं : नेपाल र युएइविरुद्धको तीन एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेल आज हुँदैछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबइमा हुनेछ। चिरपरिचित प्रतिद्वन्द्वी युएइसँग नेपालले अहिलेसम्म ५० ओभरका १५ वटा म्याच खेलेको छ। जसमा नेपालले तीन खेल जित्दा ११ खेल युएइले जितेको छ।
एक खेल बराबरी भएको थियो। इतिहास युएइको पक्षमा भएपनि आजको खेलको नतिजा आफ्नो पक्षमा पार्ने तयारीका साथ नेपाली टोली मैदान उत्रनेछ।
मंगलबार बेलुकी युएइ पुगेको नेपाली टोलीले त्यहाँ दुई दिन अभ्यास गरेको छ। पारस खड्काको कप्तानीमा रहेको टोलीमा चार खेलाडीले पहिलोपटक स्थान बनाएका छन् भने अलराउण्डर शरद भेषावकर टिममा छैनन्। युएईसँग नेपालले ३ वटा एक दिवसीय र ३ खेलको टी–२० क्रिकेट श्रृंखला खेल्ने छ। दोस्रो एकदिवसीय भोली र तेस्रो सोमबार हुनेछ। त्यसपछि नेपालले माघ १७, १८ र २० गते टि ट्वेन्टी श्रृंखला पनि खेल्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।