के सोचेथे जिन्दगीमा के के भयो आज भन्ने गित नै छ यो गित एतिकै लेखिएको रहेनछ यो गित भित्र तितो यर्थाथ लुकेको रहेछ। मानीसको जिन्दगी दुइ दिने चोला भन्छन त्यहि दुइ दिनको जिन्दगीमा पनि पल पलमा कष्ट सहेर बाच्नु पर्नै रहेछ। खोटाङका हरीकाजी ढुङगाना अरुको घर उज्यालो बनाउन जुटेका थिए ।
उनलाई के थाहा अरुलाई उज्यालो दिदा आफु नै अन्धकारमा बस्नु पर्ला भनेर ।हरीकाजी बिद्युत प्राधीकरण्मा ज्यालादारीमा काम गर्र्थ यस्तै काम गर्ने क्रममा बिजुलीको तार जोडने क्रममा करेन्ट लागेको थियो। बुढा भइसकेका बुवा आमा अनि साना उनका छोरा छोरी घरमा आम्दानीको स्रोत केहि छैन । बिद्युत प्राधिकरणले पनि १० लाख मात्रै सहयोग ग¥यो। अरु घरमा कमाएर ल्याउने मान्छे कोही छैन ।
उनकी आमा भन्छिन मेरो उमेरले डाडो काटीसक्यो मेरो हात खुटटा् चल्दा सम्म त यसको हेरचाह गरौला म नरहे पछि यसको अवस्था के होला भन्दै भक्कानिन अरु केहि होइन उस्को हात खुटटा् भए म बुढी आन्नदले मर्ने सक्थे । हरीकाजीकी बुढी छोरा छोरी पढाउन भनि माइतमा बस्दी हरेछिन उनको घरमा आय श्रोतको बाटो छैन । मेरो यस्तो अवस्था हुदा लाएको पाच लाख ऋण तिर्न सकेको छेैन भन्दै भक्कानिए। कुनै पनि निकाए बाट आफुलाई सहयोग नपाएको बताए। मेरो यस्तो अस्था छ खान मा लागेको बेला मासु समेत खान पाइदैन।
यी साना छोरा छोरीलाई हेदाए साहै्र दुख लाग्छ यीनीहरुको भबिष्य के होला । भोक लाग्दा खान पाइदैन पिसाब दिसा लाग्दा जान सकिदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।