समाचार

घोराही सडक खण्ड अवरुद्ध

By थाहा अनलाइन

August 13, 2017

सैघाली खबर दाङ, साउन २९ शुक्रबार देखी लगातार परेको पानीले बिभिन्न नदि तथा खोलाहरुमा बाढी आउदा दाङमा यातायातका साधनहरु ठप्प भएका छन ।

बाढीका कारण दाङबाट कुनै पनि सवारी साधान सञ्चालनमा आउन नकसकेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन ।

बाढीका कारण दाङ दुई दिनदेखि आन्तरिक नाकावन्दीमा परेको उनले बताए। तुलसीपुर ६ मोतिपुरमा शुक्रबार राति आएको बाढीले सडक खण्ड बगाएपछि तुलसीपुर(घोराही सडक खण्ड अवरुद्ध बन्दै आएको छ। त्यो मर्मतको प्रयास जारी रहे पनि निरन्तरको वर्षाका कारण सम्भव नभएको प्रजिअ श्रेष्ठले बताए ।

त्यस्तै तुलसीपुर( सल्यान सडक खण्डको विभिन्न स्थानमा झरेको पहिरो उक्त सडक खण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत बबईमा आएको बाढीले तुलसीपुर–अमेलिया सडक खण्ड अबरुद्ध भएको छ दाङका बिभिन्न खहरे खोलामा आएको बाढीले शुक्रबारदेखि घोराही लमही सडक खण्ड त्यस्तै तुलसीपुर देखी पश्चिम दाङका सडकहरु पनि अवरुद्ध भएका छन दाङको गोल्टाकुरी ,फुलबारी लगाएतका स्थानमा सडक सञ्जाल बन्द भएको छ ।

निर्माण व्यवसायिको लापरवाहीले गर्दा समयमै पूल निर्माण नहुँदा दाङको सार्वजनिक यातायात जोखिम युक्त बनेको श्रेष्ठले जानकारी दिए।आफु समेत जिल्ला सदरमुकाम घोराहीदेखी बाहिर निस्कन नसकेको भन्दै ‘राहात , उद्धार र पुनःस्थापनाका लागि स्थानीय जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र नागरिक समाजलाई परिचालन गरेरै भए पनि उद्धार, राहात वितरण र पुनःस्थापनाको प्रयास जारी राखेको जानकारी दिएका छन।दाङमा हालसम्म दुई जनाको मृत्यु भएको , ४९ घर पूर्ण रुपमा ध्वस्त भएको , २५६ वढी घर डुवानमा परेको , एक हजार भन्दा बढी मानिस विस्थापित भएको , पाचसय जतिलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । आईतबार पनी निरन्तर अविरल वर्षा जारी रहेको हुँदा उनले राप्ती, बबई लगायत स्थानीय खोला आसपासमा बस्नेहरुलाई सचेत रहन उनले आग्रह समेत गरेका छन् ।