सरकारले ‘दुर सञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दूर सञ्चार क्षेत्रको पुर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दुर सञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिए ।
संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उनले दूर सञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अव त्यसलाई सदुपयोग गरेर अघि बढन छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको बताए ।
मन्त्री बास्कोटाले सो कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले विस्तार गर्ने फाईबर, टावरलगायतका काममा निजी क्षेत्रका दुर सञ्चार सेवा प्रदायक संस्थाहरुले पनि लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना रहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।