काठमाडौं । प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको भए पनि सभामुख कृष्णबहादुर महराले संसदको काम कारबाही अघि बढाएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएका हुन्।
कांग्रेसको अवरोधकै बीचमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले विधेयकमाथिको छलफलका लागि प्रस्ताव अघि बढाएका थिए। अवरोधका समयमा छलफलमा कुनै पनि सांसद सहभागी नभएपछि बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको हो। अर्को बैठक माघ १७ गते बस्ने गरी स्थगित भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।