कांग्रेसले निरन्तर संसद अवरुद्ध गर्छः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनको मर्यादा विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिएको बताएका छन्। देउवाले आफ्नो सरकारले पेश गरेको विधेयकमा तोडमोड गरेर डा. गोविन्द केसीसँग भएका सहमतिहरुलाई पनि कुल्चँदै विधेयक पास गरिएको उनले बताएका छन् ।

‘मेरो सरकार हुँदा पनि एमालेले अवरोध गरेको थियो, तर मैले सहमतिको बाटो रोजेँ, पेलेर गइन,’ देउवाले भने, ‘हामी निरन्तर संसद अवरुद्ध गर्छौं।’ साथै उनले नेपाली कांग्रेसका नेताहरुको इतिहास बर्तमान सरकारले मेट्ने कोसिस गरेको समेत बताए। संसदमा आज नेपाली कांग्रेसको विरोध हुँदा हुँदै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्