बलपूर्वक विधेयक पारित गरेको भन्दै विरोधमा उत्रिएका नेविसंघका नेता पक्राउ



काठमाडौं । सरकारले संसदबाट बलपूर्वक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन थालेको छ।

प्रदर्शनका क्रममा संघले सरकारी गाडीहरुमा तोडफोड समेत गरेको छ । प्रहरीले नेविसंघका नेलाहरु लगायत महामन्त्री कुन्दन काफ्लेलाई नियन्त्रणमा लिएको छ।

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सरकारले शुक्रबार संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो। विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सरकारको रवैया विरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता र गगन थापाले सभामुख र सरकारको व्यवहारविरुद्ध कांग्रेस अब संसद र सडकमा लड्ने चेतावनी दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्