मेषः– समस्याको समाधान पत्ता लाग्नेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । पढाई प्रति ध्यान कम जानेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । सहयोग सहानुभुति मिल्नेछ । भोज भतेर एवं सभा सम्मेलनमा भाग लिने निम्तो आउन सक्छ ।
वृषः– मन भ्रान्ति हुनसक्छ । शारीरिक शिथिलता बढ्नेछ । उपलब्धिका काममा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । संचित धन नास हुनसक्छ । व्यर्थको घुमाई बढि हुनेछ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ ।
मिथुनः– सामान्यतया दिन अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला । प्रयत्न गरेमा उधारो रकम उठ्नेछ । सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पारेर फाइदा लिन खोज्दै छन् सतर्क रहनुहोला ।
कर्कटः–असहज स्थितिबाट सहज स्थितिमा प्रवेश हुनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमतामा वृद्धि हुनेछ । सहयोगी हात भेटिने छन् । सामाजिक दायित्व बढ्नेछ । पार्टनरमा काम नगर्नु होला ।
सिंहः– समयले पूर्ण साथ दिने छैन । तर स्वास्थ्यमा सुधार एवं तनावमा थोरै कमि आउनेछ । आन्तरिक भन्दा बाह्य र फाईदाका भन्दा घाटाका काम बढि हुनेछन् । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।
कन्याः– दिन प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण खलबलिनेछ । दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
तुलाः– दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुनेछन् ।
वृश्चिकः–संघर्षको बाटो तय गर्नु होला सहज रुपमा केहि काम हुने छैनन । कार्य क्षेत्रमा शत्रुहरुको आगमन हुनसक्छ सुरक्षित हुनुहोला । अरुको भर विश्वासमा काम गर्नु भयो भने प्राप्त उपलब्धि पनि गुक्नेछन । व्यापारमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा बढि तनाव हुनसक्छ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला ।
धनुः– दुविधा बढ्न सक्छ । समयमा निर्णय लिन सकिएन भने उपलब्धि गुम्न सक्छ । लेनदेन कारोवारमा समस्या आउन सक्छ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ ।
मकरः– शारीरिक एवं मानसिक थाकान बढि हुनेछ । आवेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनसक्छ । आफ्नो धन खर्च गरेर अरुलाई सहयोग गर्नुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन ।
कुम्भः– उद्योग,पराक्रम बढ्नेछ । थोरै प्रयत्न गर्नु भएको खण्डमा नयाँ काम हात पार्न सकिनेछ । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला । गुह्य कुरा नखोल्नु होला ।
मिनः– कुटनैतिक विधि अप्नाएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा त्यति ध्यान जाने छैन । साझेदारले दुःख दिन सक्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।