ट्वाइलेट लागेपछि विहानै शौचालयको ढोका खोल्दा डरले काँप्न थाले…



एजेन्सी। अघिल्लो हप्ता अस्ट्रेलियाको ब्रिसबेन क्षेत्रमा बस्ने परिवार बिहान बिहानै डरले काँप्न थाले। उनीहरुका अनुसार यो दिन उनिहरुको जिन्दगीको सबैभन्दा  खराब  दिन थियो।

त्यो दिन परिवारको एक सदस्यले जब शौचालयको ढोका खोले तब उनले भित्र एक सर्प देखे र कराउन थाले। त्यसपछि परिवारका बाँकी सदस्य पनि त्यहाँ आए।

 

अस्ट्रेलियन समाचार माध्यमका अनुसार त्यो परिवारको सदस्यले कमोडमा एक अजिङ्गर देखे र चिच्च्याए। त्यसपछि परिवारका सबै सदस्यहरु त्यहाँ आए र त्यो देखेर उनीहरु पनि डराए। उनीहरुले त्यहाँको स्थानीय सर्प समात्ने दललाई फोन गरे र उनीहरुले आएर त्यो अजिङ्गरलाइ त्यहाँबाट हटाए।

यो पुरै घटनालाइ सर्प समात्ने दलका एकजना सदस्य स्टिवर्ट लोलोरले फेसबुकमा शेयर गरे जुन अत्यन्तै भाइरल भयो र शेयर गरेको केही समयमा नै दुई हजार भन्दा धेरै मानिसले शेयर गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्