बाढी प्रभावितको अबस्था बुझ्न गृहमन्त्री देश दौडाहमा



सैघाली खबर

कोहलपुर २९ साउन, । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढि पिडितको अबस्था बुझ्न देशका विभिन्न स्थानमा पुग्नु भएको छ । गहृमन्त्री शर्माले ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नु भएको छ । । पिडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् ।बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आइतबार बिहान बाँके पुगेको छ । उनले लक्ष्मणपुर बाँधका कारण डुबानमा परेको राप्ती सोनारी गाउँपालिकाका बाढी पीडितहरुलाई भेटेका छन् । भेटमा मन्त्री शर्माले तत्काल राहतका कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् । साथै बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

बाँके आएलगत्तै गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका थिए ।मन्त्री शर्माले सेनाको हेलिकप्टर मार्फत आज दिनभर बाँके, बर्दिया, दाङ लगायत बाढी प्रभावित क्षेत्र अवलोकन गर्ने र पीडितहरुलाई भेट्ने कार्यक्रम रहेको गृहमन्त्रीका प्रमुख स्वकीय सचिव गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्