काठमाडौं । विद्युत करेन्टमा परी दुबै हात र एक खुट्टा गुमाएका हरिकाजी ढुङ्गानालाई सहयोग गर्नेहरुको संख्या बढेको छ । यसको लागि निजामति सेवामा कार्यरत लिला घिमिरे मार्फत ६१ हजार रुपैयाँ उठाएर हरिकाजीको घरमा पठाइएको छ ।
सहयोग जुटाउनुहुने केही व्यक्तित्वहरुसँग हामीले कुरा गरेका छैं । उनीहरुले हरिकाजीको जीवनमा नयाँ खुशी ल्याउन सबै नेपाली दाजुभाइहरुलाई अनुरोध गरेका छन् । हरिकाजीलाई सहयोग गर्न चाहानुहुने सबैले सहयोग गर्न सक्नु हुन्छ ।
त्यसको लागि सैघाली खबर र अन्य साथीहरु मिलेर अभियान सुरु गरेका छौं । तपाईहरु पनि हाम्रो अभियानमा सामेल हुन सक्नु हुने छ । त्यसको लागि सैघाली खबरमा सिधै सम्पर्क गर्न पनि सक्नु हुनेछ । त्यस्तै लिला घिमिरेलाई ९८४१८७१९०० मा पनि सम्पर्क गर्न सक्नु हुने छ ।
भिडियो हेर्नुहोस्

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।