बुटवल । सरकारका गतल गतिविधिका विरुद्धमा नेपाल तरुण दलले आज बुटवलमा विरोध प्रदर्शन गरेको छ । हत्याहिंसा बलात्कार, महंगी र भ्रष्टाचारका विरुद्ध केन्द्रीय अभियान अन्र्तगत तरुण दलले आज बुटवलमा प्रदेशस्तरीय विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रर्दशनलाई कन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सम्बोधन गर्दे सरकारले एकपछि अर्को तानाशाह लाद्न खोजेको आरोप लगाए । उनले चिकित्सा शिक्षा विधेयक जबरर्जस्त पारित गराएको र नेपाली कांग्रेसका नेताहरुको नाम राख्न खोजिएका अपस्तालहरु हटाउन खोज्दा देशभर नै तरण दलले विरोध गर्न बाध्य भएको बताए ।
त्यस्तै तरुण दलका उपाध्यक्ष उत्तर चपागाईंले सरकारले संगठित रुपमा भष्ट्राचारलाई संरक्षण गरेको आरोप लगाए । महासचिव भुपेन्द्रजगं शाहीले सरकारको एकतर्फी निणर्यको विरोध देशव्यापी रुपमा तरुणहरुले गर्ने बताए ।
नेपाल तरुण दल जिल्ला कार्यसमितिका अध्यक्ष सोमबहादुर गुरुङले कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भमा गरेको गलत कामको विरोध स्वरुप प्रदेशस्तरमा विरोध गरिएको बताए ।
यसअघि तरुण दलले प्रदेश १, २, ३ र ४ को राजधानीमा विरोध प्रदर्शन गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।