घोराही उपमहानगरपालिकाका मेयर चौधरीद्धारा डुवान क्षेत्रको अनुगमन



सैघाली खबर
दाङ,२९ साउन । घोराही उपमहानरपालिकाका मेयर नरुलाल चौधरीले अबिरल बर्षापछि डुवानमा परेका विभिन्न स्थानहरुको अनुगमन गर्नु भएको छ । चौधरीले घोराही उपमहानगर पालिका वडा न. ३, ६, १७, र १० भत्किएका घरको अनुगमन गर्नु भएको थियो ।त्यस अबसरमा घोराही उपमहानगरपालिकाले बर्षापछि निम्तन सक्ने बिपतबाट बच्न र होसियारी अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

लगातारको बर्षाले सबै क्षेत्रहरु जलमग्न भएको अबस्थामा आउन सक्ने बिपतलाई न्यूनिकरण गर्नलाई सबैलाई आग्रह गर्नुभयो ।त्यस अबसरमा नगर प्रमुख नरुलाल चौधरीले कुनै पनि विपत्तीको मिलेर सामना गर्नुपर्ने भन्दै सुरक्षित रहन सबै नगरबासीहरुलाई आग्रह आग्रह गर्नुभयो ।डुवानमा पर्ने अबस्था आए तत्काल उपमहानगरमा खबर गर्न आग्रह गर्दै चौधरीले तयारी अबस्थामा डोजरलाई राखिएको समेत जानकारी दिनुभयो । ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्