प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन



काठमाडौं : सरकाले प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालमा ‘वार रुम को भिडियो कन्फरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिपिजेन्स सिस्टम अर्थात ‘वार रुमको भिडियो कन्फेरेसिङ सिस्टम’ निर्माणका लागि बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को उपदफा ४ बमोजिम राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दा कम्तीमा ३० दिन म्याद दिनुपर्नेमा एक हप्ता मात्रै समय दिई कानुनको उल्लंघन गरेको भन्ने खबर नागरिक दैनिकमा छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रकाशित सूचानको बुँदा नम्बर १ मा राष्ट्रिय स्तरको बोलपत्र आह्वान भनि उल्लेख छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्