करेन्ट लागी मृत्यु भएका पाँच जनाको सामूहिक दाहसंस्कार



धनुषा : सवेला नगरपालिका–४ स्थित बल्टियामा जन्ती बस बिजुलीको पोलमा ठोक्किएर करेन्ट लागि घटनास्थलमै मृत्यु भएका छ जनाको दाहसस्कार गरिएको छ।  दुर्घटनामा मृत्यु भएका सिन्धुलीको दुधौली नगरपालिकाका पाँच जनाको शनिवार बेलुकी कमला नदीमा सामूहिक दाहसंस्कार गरिएको हो।

दुर्घटनामा मुत्यु भएका दुधौली नगरपालिका ९ का वर्ष ९ का आक्रोश कुमर, वर्ष २० का पुजा अधिकारी, वर्ष १७ का लिला अधिकारी, वर्ष १० का सुजन अधिकारी, वर्ष ४५ का रामबाबु अधिकारीको सामूहिक दाहसंस्कार गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए।  दुर्घटनामा मृत्यु भएका धनुषा जिल्ला बाल्टिया बस्ने वर्ष ६० का केशमदेवी कुमरको उनकै घरमा दाहसंस्कार गरिएको छ।

दुधौली नगरपालिका –९ जितपुरका रामवरण कुमर दनुवारको विवाहमा बेहुली लिएर घर फर्कने क्रममा धनुषाको सवेला नगरपालिका–४ स्थित बल्टियामा शुक्रबार बेलुकी बसमा करेन्ट लाग्दा दुर्घटना भएको हो।

बेहुला बेहुली जीपमा भएकाले उनीहरू भने सकुशल छन्। बिजुलीको पोलमा बस ठोक्किँदा बसको छतमा राखिएको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा सो घटना भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्