अबरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु



काठमाडौं। मौसममा सुधार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण सुचारु भएको छ ।

आइतबार बिहान काठमाडौँ मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको थियो । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो ।
‘केही समयअघि मौसम अनुकुल भएसँगै उडान अवतरण सुरु भएको छ’ त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्